काठमाडौ बैशाख १२ गते । कैलालीकी ५० वर्षीया कोरोना संक्रमित महिला पनि घर फर्किएकी छन । बिहीबार मात्रै काठमाडौँ सनसिटी अपार्टमेन्टका आमा छोरा पाटन अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका थिए ।
यससँगै एकैदिन तीन जना उपचारपघि घर फर्किएका छन । अहिलेसम्म कोरोना भाइरसँगको लडाई जितेर घर फर्किनेको संख्या १० पुगेको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ५० वर्षीया महिलालाई बिहीबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो ।
लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएकोछ । यसअघि लम्कीचुहाका २१ वर्षीय युवक, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुष र कञ्चनपुर बेदकोटका ४१ वर्षीय युवक निको भएर घर फर्किसकेका छन् ।
नेपालमा अहिलेसम्म ४७ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १० जना उपचारपछि घर फर्किएका हुन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post