सरला सुबेदी
बाँके बैशाख १४ गते ।बाँकेको कोहलपुर स्थित कौसिल्या अस्पताल ले बाँके जिल्लाका ३ वटा पालिकाका गरि १२ जना विपन्न विद्यार्थीहरुलाइ खाद्यान्न राहत सामाग्री वितरण गरेको छ ।
कोरोना भाइरसको कारण देश लकडाउन भएको छ जसले गर्दा दिनप्रतिदिन जनजीवन कष्टकर बन्दै गएको छ । बिपन्न परिवारलाई चुल्हो बाल्न कठिन परेको छ ।
हुनेखानेले हुदा खानेलाई सहयोग गर्ने क्रम बढिरहेको छ यस्तै कौशिल्या अस्पतालले पनि कोहलपुर नगरपालिकाका वड नं १ र २ का २ जना बैजनाथ गाउँपालिकाको वडा नं २ र ६ का ६ जना र राप्तीसोनारी गाउँपालिका वडा नं २ का ४ जना गरी १२ जना बालबालिकाहरुलाइ प्रती व्यक्ति २५ किलो चामल,२ किलो दाल,१ लिटर तेल र एक पोका नुन वितरण गरेको अस्पतालका प्रशासन प्रमुख शंकर न्यौपानेले जानकारी दिएका छन् ।
अस्पतालले आफैंले पढाउदै आएका बालबालिकाहरुलाइ खाद्यान्न राहत सहयोग गरेको हो । त्यस्तै अस्पतालमा भर्ना भएका करिब १७ जना विरामीहरुलाइ २ छाक खानाको समेत सहयोग गरिएको अस्पतालका प्रबन्ध निर्देशक राम प्रसाद न्यौपानेले जानकारी दिएका छन्।
अस्पतालले यस अघि पनि निरन्तर सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको र आगामी दिनहरुमा निरन्तर सहयोगमा लागिरहने अस्पतालका प्रबन्ध निर्देशक न्यौपानेले बताएका छन् ।
Discussion about this post