सुर्खेत बैशाख १५ गते । कोरोना भाइरसको प्रकोपपछि विदेशबाट आएका ३ हजार भन्दा धेरै मानिसलाई कर्णाली प्रदेशले क्वारेन्टाइनमा राखेको छ । भारतबाट आएका सबैभन्दा धेरै छन ।
भारत, विदेश र विभिन्न क्षेत्रबाट आएका ३ हजार १ सय २५ जनालाई क्वारेन्टाइनमा राखिएको कर्णाली प्रदेश सरकारले जनाएको छ । उनीहरुको परीक्षण पनि भइरहेको छ ।
तर अहिलेसम्म कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन । क्वारेन्टाइनमा १४ दिन बिताएकाहरुलाई भने घर पठाउने गरिएको छ । अहिलेसम्म एक हजार भन्दा धेरैलाई घर पठाइसकिएको पनि कर्णाली प्रदेश सरकारले जनाएको छ ।
Discussion about this post