बाँके बैशाख १५ गते । लगातार तीन दिनसम्म पानी पर्ने भएपछि भेरी र कर्णाली नदीमा बाढीको खतरा बढेको छ । पश्चिमी र स्थानीय वायुका कारण पानी परिरहेकाले दुबै नदीमा बाढी आउन सक्ने भन्दै नदी किरानाका बासिन्दालाई सतर्क रहन मौसमविदले आग्रह गरेका छन । मौसम पूवार्नुमान महाशाखाका अनुसार आइतबारदेखि बुधबारसम्मै पानी आउन पर्नेछ ।
महाशाखाका मौसमविद बरुण पौडेलले बर्षाका कारण नदीहरुमा बाढी आउन सक्ने भएकाले किनार नजिकै बस्ने मान्छेले सतर्क हुन जरुरी रहेको बताए । तर ठूलो बाढीको सम्भावना नरहेको उनको भनाई छ । सोमबारदेखि पश्चिम नेपालका विभिन्न ठाउँमा पनि पानी परेको छ ।
Discussion about this post