बाँके बैशाख १६ गते । गाई काटेको आरोपमा मङलबार बाँकेमा दुईजना पक्राउ परेका छन् । नरैनापुर गाँउपालिकामा लकडाउनको मौका छोपी गाई काट्दै गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले दुईजनालाई गाइ काटेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको बताए ।गाइ काटेको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनामा संलग्न भएको आरोपमा शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको र अन्य केही फरार भएको सिग्देलले जानकारी दिएका छन् ।
पक्राउ परेका ब्यक्तिको घरमा राखिएको मासु बरामद गरी परीक्षणका लागि नेपालगञ्जस्थित प्रयोगशाला पठाईएको सिग्देलले बताएका छन् ।
Discussion about this post