सुर्खेत बैशाख १७ गते । लकडाउनले गर्दा रोकिएको नियमित खोप लगाउने कार्यक्रम आजदेखि शुरु भएको छ । जन्मेदेखि ५ बर्षमुनिका बालबालिकालाई विभिन्न खोप लगाउन थालिएको हो । गएको महिना लकडाउनका कारण खोप कार्यक्रम स्थगित गरिएको थियो ।
आज सुर्खेत लगायत अन्य केहि जिल्लामा खोप लगाउन सरकारले नै निर्देशन जारी गरेको हो । लकडाउन अन्त्य हुने विषयमा कुनै टुंगो नभएपछि सरकारले दुरी कायम राखेर खोप लगाउन भनेको थियो । सोही अनुसार सबै जसो स्वास्थ्य चौकीले आज खोप लगाइरहेका छन ।
भिटामिन ए, दादुरा, रुबेला, बिसिजी, पोलियो खोप बालबालिकालाई दिने गरिन्छ ।बाँके जिल्लमा भने जेठ २ गतेबाट नियमित खोप लगाउन सुरु हुने कोहलपुर नगरस्वास्थकि शोभा अधिकारीले जानकारी गराएकी छिन।
Discussion about this post