काठमाडौं बैशाख १७ गते । बर्षे अधिवेशन आह्वान गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक कक्षको अनुगमन गर्न संसद भवन बानेश्वर पुगेका छन । बजेट अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बेला बुधबार बिहान संसद भवन पुगेर प्रधानमन्त्री ओलीले बैठक कक्ष अवलोकन गरेका हुन् ।
सामाजिक दुरी कायम गरेर बैठक बसाल्ने तयारी संसद सचिवालयले गरेको छ । साथै भिडियो कन्फ्रेन्सबाट पनि बैठक बसाल्न सकिने राय सचिवालयले गठन गरेको कार्यदलले सुझाव दिएको छ । १५ जेठमा बजेट ल्याउनुपर्ने व्यवस्था संविधानमा छ ।
लामो समयको लकडाउनका कारण समय कम भएकाले छिटो अधिवेशन आह्वान गर्नुपर्ने दबाबमा सरकार छ । बजेट अधिवेशनको सुरु र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।बर्षे अधिवेशन आह्वान गर्ने विषयमा प्रधानमन्त्री ओली र सभामुख अग्नि सापकोटाबीच छलफल भइसकेको छ ।
Discussion about this post