बाँके बैशाख १७ गते । लकडाउनका कारण समस्यामा परेकाहरुलाई नेपाल शिवसेनाले राहत वितरण कार्य जारी राखेको छ । यसैक्रममा बुधबार निल सागर आश्रमलाई ५० केजी, चामल, ५ केजी दाल, १० केजी पिठो, ५ केजी, सोयाबिन, ४ लिटर खाने तेल तथा हरियो तरकारीका लागि नगद रु एक हजार आश्रमका सरिता खनाललाई उपलब्ध गराईएको नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारले बताए ।
अध्यक्ष रौनियारका अनुसार कोरोना भाईरसको महामारीबाट जोगिन नेपाल सरकारले गरेको लकडाउनका कारण कोही भोकै बस्न नपरोस भनी आफ्नो व्यक्तिगत लगानीमा उक्त सहयोग उपलब्ध गराईएको बताए । अध्यक्ष रौनियारको वैवाहिक जीवनको २२ औं वर्षगाँठको सुखद अवसरमा व्यक्तिगत लगानीमा सहयोग गरेको सदस्य मदनराज शर्माले बताए ।
Discussion about this post