बाँके बैशाख १७ गते । राप्तीसोनारी गाउँपालिका वडा नं. ५ कार्यालयले दोस्रो चरणको राहत वितरण सुरु गरेको छ । वडा भित्र रहेका विपन्न , ज्याला मजदुरी तथा असाहयक घरपरिवारलाई दोस्रो चरणको राहत वितरण सुरु गरीएको वडाध्यक्ष झगरु थारुले जानकारी दिएका छन् ।
वडाभित्र रहेका दैनिक ज्याला मजदुरी , विपन्न घरपरिवारको लागत संकलन गरी एकद्धार प्रणालीबाट राहत वितरण गरीएको थारुले बताए । यसअघि गाउँपालिकाले उपलब्ध गराएको पहिलो चरणको राहत वितरण गरीसकेकाले दोस्रो चरणको राहत वितरण सुरु गरीएको वडा अध्क्षय थारुले जानकारी दिए ।
कोरोना भाइरस संक्रमणसँगै सरकारले लागु गरिएको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी ,विपन्न र असाहय घरपरिवारलाई जनप्रतिनिधिको सक्रिय सहभागितामा वडाबासीका घरघरमा गएर राहत वितरण गरिएको अध्क्षय थारुले बताए ।
यसअघि ५ नं. वडा कार्यालयले पहिलो चरणमा वडाका अतिविपन्न दैनिक ज्याला मजदुरी , विपन्न र असाहय १ सय ७७ घरपरिवारलाई राहत वितरण गरिएको वडा सचिव नारायण विष्टले बताए ।
त्यस्तै वडा नं ५ का १ हजार ७ सय ९२ घरपरिवारलाई १ लिटर तेल, १ किलो नुन र एउटा साबुन वितरण गरिएको छ । लकडाउन लम्बिए सङ्गै दिनप्रतिदिन अभाव बड्दै गएपछी दोस्रो चरणको राहत वितरण गर्नु परेको उनले बताए।
Discussion about this post