बाँके बैशाख १७ गते । विश्वमा फैलिएको कोरोना भाइरस –१९ को महामारी रोग लकडाउनको समयमा बाँकेका व्यापारी, सामाजसेवीहरुद्धारा अत्ति बिपन्न, गरीब घरपरिवारलाई आज राहत वितरण गरिएको छ ।
खान एण्ड कम्पनी नेपालगन्जका अव्दुल करीम खाँ, नेपाल स्टोर धम्बोझी नेपालगन्जका जाकीर हुसैन हलवाई, र्ईस्लाम धर्मका धर्म गुरु मौलाना जियाउल मुस्तफा नूरानी र सामाजसेवी मिस्बाहुल हक अन्सारी लगायतद्धारा एक सय अत्ति बिपन्न, गरीब घरपरिवारलाई राहतमा चामल, दाल, तेल र नून लगायतका खाद्यान्न सामाग्री वितरण गर्नुभएको छ ।
अनुगमन गरी स्थानीय तहले राहत वितरण गर्दा कही कतै छुट भएका व्यक्तिहरुलाई अझ पनि हामीहरुले वितरण गर्ने छौ बताएका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post