फाइल फोटो
बाँके बैशाख १८ गते । कोरोनाबाट भारतमा सबै भन्दा बढी मानिस संक्रमित भएका छन्। २४ घण्टामा भारतमा १ हजार ७ सय भन्दा बढी मानिस संक्रमित भएको तथ्यांक छ।
७१ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ३३ हजार ६२ पुगेको छ। भारतमा १ हजार ७९ जनाको मृत्यु भएको छ। ८ हजार ४ सय ३७ जना मानिस निको भएर घर फर्किसकेका छन्। पाकिस्तानमा एकै दिनमा ९ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ३१ जनाको मृत्यु भएको छ।
योसँगै पाकिस्तानमा संक्रमितको संख्या १५ हजार ५ सय २५ पुगेको छ। ३ सय ४३ जनाको मृत्यु भएको छ। ३ हजार ४ सय २५ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्। बंगालादेशमा ६ सय भन्दा बढी संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ७ हजार १ सय ३ पुगेको छ। १ सय ६३ जनाको मृत्यु भइसकेको छ।
१ सय ५० जना मानिसलाई निको भइसकेको छ। अफ्गानिस्तानमा १ सय ११ नयाँ बिरामी थपिएका छन् भने २ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या १ हजार ९ सय ३९ पुगेको छ। ६० जनाको मृत्यु भइसकेको छ। २ सय ५२ जना मानिसलाई निको भइसकेको छ।
श्रीलंकामा ३० जना मानिस संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ४९ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय ३६ जना मानिस उपचार पछि घर फर्किसकेका छन्। माल्दिभ्समा २८ जना नयाँ बिरामी थपिएका छन् भने एक जनाको मृत्यु भएको छ। योसँगै संक्रमितको संख्या २ सय ७८ पुगेको छ। एक जनाको मृत्यु भएको छ।
१७ जना मानिस निको भएर घर फर्किसकेका छन्। नेपालमा हिंजो ३ जना नयाँँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५७ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्। भुटानमा ७ जना संक्रमित भएका छन्। ५ जना निको भएर घर फर्किसकेका छन्। अब भुटानमा २ जना मात्र एक्टिभ संक्रमित रहेका छन्।
Discussion about this post