सुर्खेत बैशाख १८ गते । दक्षिण कोरियामा रहेका युवाहरुको सहयोगमा सुर्खेत घाटगाउँको कुमालामा पनि आयोडिन नुन वितरण गरिएको छ । चौकुने गाउँपालिका वडा नं. ९ र १० घाटगाउँमा एक घर, एक आयो नुन वितरण कार्यक्रम अन्तर्गत बुधबार कुमालामा नुन वितरण गरिएको हो ।
चौकुने १० का वडाध्यक्ष शंकर टमाट्टा, नेकपा चौकुने गाउँ कमीटि सचिव हरि अधिकारी, वडा कमिटी अध्यक्ष लालसिंह विक लगायतको उपस्थितीमा नुन वितरण गरिएको हो ।
दक्षिण कोरियामा रहेका आशाराम ढुंगाना, महेन्द्र ढुंगाना, शिव शाही, प्रवीण शाही लगायत १० जना युवाहरुले नुन वितरणका लागि सहयोग रकम पठाएका थिए । युवाहरुले पठाएको सहयोग रकमबाट नुन खरिद गरी गाउँमा वितरण गरिएको यसका समन्वयकर्ता जगत विवशले जानकारी दिए ।
उनका अनुसार यसअघि चौकुने ९ मा पनि नुन वितरण गरिएको थियो । यस्तै कोरियामा रहेका ५ जना युवाहरुकै सहयोगमा घाटगाउँका दाने सुजीलाई १७ हजार रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो ।
Discussion about this post