बाँके बैशाख १८ गते । बाँके जिल्ला प्रशासन कार्यालयले लकडाउनलाई थप कडाई गर्ने भएको छ । प्रशासन कार्यालयले भोली देखी लकडाउनमा थप कडाई गर्ने भएको छ ।
कोभिड १९ का कारण चैत्र महिनाको दोस्रो सातादेखी देश पुर्ण रुपमा लकडाउन भएको थियो । तर पनि लकडाउन बिगत केहि दिन देखी खुकुलो बन्दै गएका कारण आजसम्म बेलुका ४ बजेदेखी अत्यावश्यक सेवा बाहेक सबै बन्द गराएको प्रशासनले फेरि भोलिबाट लागु हुने गरि रुटिङ परिबर्तन गरेकाे छ ।
बिहिबार एक सुचना जारी गर्दै बाँके प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न जिल्लाबासिहरुमा आह्वान गरेको छ । अरु जिल्लामा भन्दा बाँके जिल्लामा लकडाउन उल्घनका गतिविधिहरु बढ्न थालेको भन्दै प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न सुचना जारी गरेको हो । प्रशासनले जारी गरेको सूचना तथा लकडाउन उलङ्घन गर्नेलाई कानुन बमोजिक कारवाही गर्ने बताईएको छ ।
Discussion about this post