काठमाडौ बैशाख १९ गते । विश्वव्यापी महामारी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म ३३ लाख ८ हजार मानिस संक्रमित भएका अन्तराष्ट्रिय समाचार एजेन्सीले बताएका छन ।
अहिलेसम्म २ लाख ३४ हजारको ज्यान गएको छ भने १० लाख ४२ हजार निको भएर घर फर्किएका छन ।कोरोनाले सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन । जहाँ १० लाख ९५ हजार संक्रमित छन भने ६३ हजार ८ सय बढीको ज्यान गइसकेको छ ।
यस्तै इटालीमा २ लाख संक्रमित हुँदा २७ हजार मानिसको मृत्यु भएको छ । स्पेनमा २ लाख ३९ हजार संक्रमित हुँदा २४ हजार जनाको कोरोनाका कारण मृत्यु भएको छ । बेलायतमा १ लाख ७१ हजार संक्रमित छन । २६ हजार मानिसको ज्यान गएको छ ।
फ्रान्समा १ लाख ६७ हजार मानिस संक्रमित हुँदा २४ हजारको मृत्यु भएको छ । यस्तै जर्मनीमा १ लाख ६३ हजार, टर्कीमा १ लाख २० हजार र रुसमा १ लाख ६ हजार मानिस संक्रमित रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
जर्मनीमा अहिलेसम्म ६ हजारको ज्यान जाँदा टर्कीमा ३ हजार र रुसमा १ हजार बढीको मृत्यु भएको छ । इरानमा ९४ हजार, ब्राजिलमा ८७ हजार र चीनमा ८२ हजार संक्रमित छन । ज्यान गुमाउनेमा इरानमा ६ हजार, ब्राजिलमा ६ हजार र चीनमा ४ हजार मानिस छन ।
दक्षिण एसियातर्फ भारतमा ३५ हजार संक्रमित हुँदा ११ सय ५४ जनाको ज्यान गएको छ । पाकिस्तानमा १६ हजार संक्रमित हुँदा ३ सय ८५ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ५७ जना संक्रमित हुँदा १६ जना उपचारपछि घर फर्किएका छन ।
Discussion about this post