पोखरा बैशाख १९ गते ।
कोरोनाको कारण सरकारले लकडाउन जारी गरेपनि गण्डकी प्रदेशले भने लकडाउन खुकुलो पार्दै गएको छ । पोखरा औद्योगिक क्षेत्रमा ३१ उद्योग सञ्चालनमा आएसँगै गण्डकी प्रदेश सरकारले लकडाउन खुकुलो बनाएको हो ।
यसअघि सरकारले उद्योग चल्ने दिने निर्णयका आधारमा लकडाउन खुकुलो पारिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुंगले बताएका छन । लकडाउन खुकुलो भएपछि ६ सय कामदार काममा फर्केका छन् । मुख्यमन्त्री गुरुङ भने औद्योगिक क्षेत्रसँगै अरु अत्यावश्यक क्षेत्रमा पनि लकडाउन खुकुलो बनाउन राजधानी काठमाडौ गएका छन ।
उनले संघीय सरकारसँग लकडाउन खुकुलो पार्न प्रस्ताव समेत गर्ने तयारी गरेका छन । यसअघि गरिएको प्रस्ताव संघीय सरकारले अस्वीकार गरेपनि यसपाली मापदण्डसहित प्रस्ताव तयार भएकाले स्वीकृत हुने मुख्यमन्त्रीको अपेच्छा छ । लकडाउनपछि बन्द भएका उद्योग विस्तारै खुल्न थालेको औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रवन्धक भुषणकुमार उपाध्यायले बताए ।
बिहीबारसम्म गण्डकी प्रदेशमा लकडाउन धेरै खुकुलो देखिएको छ । पोखरामामात्र फुस्रे खोला, खहरे खोलालगायतका ३ ठाउँमा पुल निर्माण भइरहेको छ । मानिसहरु काममा फर्किन थालेका छन् भने निर्माण आयोजना र अत्यावश्यक उद्योग खुलाउन प्रदेश सरकारले मापदण्ड तयार पारेको छ ।
Discussion about this post