ताप्लेजुङ बैशाख २० गते।
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको आगलागीबाट ७ घर जलेर नष्ट भएका छन। गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ । बिहान करिब ५ बजेतिर आगो नियन्त्रणमा आउदा ७ घर जलेर नष्ट भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ७ वटा घर र ५ वटा घुम्ती पसल जलेर नष्ट भएका छन।गएराती भट्टराई होटेल एण्ड लजबाट आगलागी सुरु भएको थियोे । आगो दमकल , नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा साढे ७ घण्टामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ ।
Discussion about this post