तनहुँ बैशाख २१ गते ।
तनहुँको आँबुखैरेनी गाउँपालिका– १, सत्रसय भन्ने ठाउँमा आज बिहान ग्यास सिलिण्डर पड्किँदा २ जना बालक घाईते भएका छन् ।
स्थानीय बिनोद विकको भान्साकोठामा बिहान ७स्४० बजेको समयमा सिलिण्डर पड्किँदा उनका छोराहरू( ११ वर्षीय विवेक विक र ७ वर्षीय सरगम विक घाईते भएका हुन् ।घाईतेमध्ये विवेक विकको शरीर र हातको केही भागमा जलेको छ ।
अर्का घाईते सरगम विकको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । उनीहरुको अहिले आँबुखैरेनी हाडजोर्नी अस्पतालमा उपचार भैरेहेको छ । सिलिण्डर ग्यास पड्किँदा घरको अधिकांश भागमा समेत क्षति पुगेको छ ।
Discussion about this post