बाँके बैशाख २१ गते ।
लकडाउनको मौका छोेपेर कृत्रिम अभाव गर्ने, कालोबजारी गर्ने र उपभोक्ता ठग्नेविरुद्ध बाँके प्रशासन एक्सनमा आएको छ । संयुक्त बजार अनुगनम समितिले आइतबार नेपालागञ्जका बिभिन्न पसल स्टोरको अनुगमन गर्दै दोषीमाथि कारवाही सुरु गरेको छ ।
समितिले आज बिहान गरेको संयुक्त अनुगमनका क्रममा केही पसलबाट भेटिएका अखाद्य बस्तु नष्ट गरेको छ । समितिले नेपालगञ्ज बसपार्कस्थित मेची काली सप्लायर्समा भेटिएको म्याद नाघेको मसला नष्ट गरेको हो । सप्लायर्सबाट करिब १० बढि प्याकेट म्याद नाघेको सब्जी मसला तथा दालमोट भेटिएको अनुगमन समितिले जनाएको छ ।
भेटिएको अखाद्य बस्तु व्यवासायीद्धारा नै नष्ट गराइएको छ । लकडाउनको समयमा बजारमा खाद्यन्नमा कालोबजारी हुनसक्ने भन्दै अनुगमन गरिएको उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य बसन्त गौतमले बताउनुभयो । समितिले नेपालगञ्जको त्रिभुवन चोक, भाटभटेनी सुपरमार्केटको अनुगमन गरेको थियो ।
टोलीमा नेपालगञ्ज उपमहानगरपालिका, बाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । टोलीले यसअघि पनि बजार अनुगमनलाई तीब्रता दिंदै आएको छ।
Discussion about this post