फाइल फोटो
काठमाडौं बैशाख २१ गते ।
सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ । साथै सरकारले कोरोना महामारीले जारी लकडाउनलाई केही खुकुलो पार्ने तयारी गरेको छ ।
Discussion about this post