बाँके बैशाख २१ गते ।
भारतको क्वारेन्टाइनमा रहेका २१ जना नेपालीहरु बाँकेको सुइया नाका हुँदै नेपाल नरैनापुर गाउँपालिकामा बैशाख २० गते आइपुगेका छन । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले नेपाल प्रवेश गरेका २१ जना नागरिक नेपाल भारत सिमा नाकामा राखेको बताउनुभयो ।
उहाँले भारतको क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरुले यातना पाएपछि भागेर नेपाल आएको बताउदै जिल्ला प्रसासन कार्यालयलाई पटक पट्क जानकारी दिदा पनि बेवास्ता गरेको बताउनुभयो । प्रसासनले गाउँ पालिकाको क्वारेन्टाइनमा राख्न अनुमती नदिदा नेपाल आएका नागरिक हरु सिमामा छरिएको र प्रसासनले कुनैसेवा सुबिधा नदिएको बताउनुभयो ।
त्यसरी भारतबाट आएका नागरिकहरु निगरानीमा नराखेको हुनाले गाउँपालिका नै खतरामा रहेको बताउनुभयो । उहाँले ती नागरिकहरुलाइ गाउँपालिकाले खानाको व्यवस्था गरेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी बिर बहादुर ओलिले नेपाल आएका नागरिकहरुको उद्दारको विषयमा छ्लफल भैरहेको बताउनुभयो भने उक्त विषयमा बुझ्न् खोज्दा जिल्ला प्रसासन कार्यालय बाँकेका सिडिओ कुमार बहादुर खड्काको फोन उठेन ।
Discussion about this post