बाँके बैशाख २१ गते । नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महानगरपालिका छपकैयाका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ९ जनामा संक्रमण देखिएको हो।डा देवकोटाका अनुसार नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको उनले जानकारी दिए।
यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ६९ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्। नेपालगन्जमा ३० जनाको नमूना परीक्षणमा ९ जनाको पोजेटिभ देखिएको छ । अझै ६० जनाको रिपोर्ट आउन बाँकी छ । नेपालगन्जका पहिलो संक्रमित ६० बर्षिय पुरुषबाट संक्रमण फैलिएको आंशका गरिएको छ ।
Discussion about this post