बाँके बैशाख २२ गते ।
जिल्ला प्रहरी कार्यालयले कोरोना भाइरसको बिषयमा भ्रामक समाचार प्रसारण प्रकाशन नगर्न सबैमा अपिल गरेको छ । बाँकेका प्रहरी प्रवक्ता शिवबहादुर सिहद्धारा जारी विज्ञप्तीमा कोरोना भाईरस संक्रमणको बिषयमा सरकारले आधिकारीक सूचना नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नियमित जानकारी गराउने गरेको र सोही सूचना नै आधिकारीक भएको हुँदा सो बिषयमा भ्रामक र गलत सूचना प्रकासन, प्रसारण, पोष्ट, शेयर, लाईक, कमेन्ट नगर्न आग्रह गरिएको हो ।
त्यस्तै सूचनामा सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने, खलल पर्ने गरी जात, धर्म, वर्ण, लिंग वा पशागत आधारमा कसैलाई लक्षित गरी समाचार प्रकासन, प्रशारण नगर्न पनि अनुरोध गरिएको छ । सूचनाको अटेरी गरे कानुन अनुसार कारवाहीको चेतावनी समेत बाँके प्रहरीले सूचनामार्फत दिएको छ ।
Discussion about this post