बाँके बैशाख २२ गते । बाँकेबाट प्रतिनिधित्व गर्ने सांसदहरुले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका छ्न । नेपालगन्जमा कोरोना संक्रमण फैलदै गएपछी आबस्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन माग गर्दै आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएका हुन ।
संघीय सांसदहरू मोहम्मद इश्तियाक राई, महेश्वर गहतराज अथक, नन्दलाल रोकाया,सरवत आरा खान्म हलुवाई, पुर्ब उपसभामुख पुर्णाकुमारी सुवेदीलागयतको टोलीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र राज्यमन्त्री नवराज रावतलाई भेटेर बाँके जिल्लालाई तुरन्त आवश्यक सामग्रीसहित विशेस स्वास्थ्य टोली परिचालन गर्न माग गरेको हो ।
सांसदहरुले परिक्षण दर बढाउन अपिल समेत गरेको छ । त्यसक्रममा मन्त्री ढकालले कोरोना प्रभावित बाँकेमा हिजो नै २५० किट पठाईसकेको र तेस्रो चरणको लागि अस्थायी हस्पिटल पनि बनाउने काम सुरु भइसकेको जानकारी दिनुभयो ।
Discussion about this post