बाँके बैशाख २२ गते ।
नेपालगन्जमा कोरोनाको संक्रमण फैलिएसँगै प्रदेश पाँच सरकारले चासो दिएको छ । कोरोनाको संक्रमण फैलिन नदिन र रोकथामका लागि प्रदेश सरकारले पहल थालेको हो । नेपालगन्जमा कोरोनाको संक्रमण बढेपछि प्रदेश नम्बर ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बराल नेपालगन्ज आउनुभएको छ ।
आज विहान नेपालगन्ज आउनुभएका मन्त्री बरालले कोरोना जाँच गर्ने किट लगायत अन्य स्वास्थ्य सामग्री अभाव हुन नदिने बताउनुभएको छ । उहाँले अग्रभागमा खटिएर कोरोना विरुद्धको लडाइँमा लाग्नुभएका स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण रोकथाममा अझैं सक्रियरुपमा लाग्न निर्देशन दिनुभएको छ ।
मन्त्री बरालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वाब परिक्षणको दायरा बढाउन निर्देशन दिनुभयो । उहाँले स्वाब परिक्षण लगायत कोरोना भाइरस संक्रमण रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री लगायतको व्यवस्थापन गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो। मन्त्री बरालले नेपालगन्जस्थित भेरी अस्पताल, पिसिआर मेसिन, ल्याब, आइसोलेसन वार्ड लगायतको अवस्थाका बारेमा जानकारी लिनुभएको छ।
Discussion about this post