बाँके बैशाख २३ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं ९ को वडा कार्यालयले ढकेरी क्षेत्रमा प्रवेश गर्ने ४ नाका शिल गर्ने निर्णय गरिएको छ । वडाध्यक्ष महावीर वलीको अध्यक्षयतामा सोमबार बसेको विपत व्यवस्थापन समितिको वैठकले बाँकेमा कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण बढ्दो देखिए पछि सतर्कता अपनाउन ४ नाका शिल गर्ने निर्णय गरिएको वडा कार्यालयले जनाएको छ । बैठकले ४ नाका प्रभावकारी रुपमा सिल गर्न जिम्मेवारी समेत तोकेको छ ।
जस अन्तर्गत भरैया सिराह नाकाको जिम्मेवारी दल बहादुर खडका , रिम्ना नाकाका लागि वडा सदस्य पुर्ण बहादुर वली,पश्चिम पुरुवा नाका श्रीधर उपाध्याय र ढकेरीचोकमा हेमा थारुलाइ जिम्मेवारी दिने निर्णय गरिएको वडा सचिव रोशन कुमार वलीले जानकारी दिए ।
अतिआवश्यक पर्ने मेडिकल र खाद्यान्न बाहेक अन्य सवारी साधन तथा व्यक्त लाई अर्को व्यवस्था नभए सम्म सो नाका बाट ढकेरी क्षेत्रमा प्रवेश गर्न रोक लगाउने निर्णय गरिएको बताइएको छ ।
Discussion about this post