बाँके बैशाख २३ गते ।
निषेधाज्ञा जारी गरिएको नेपालगञ्ज उपमहानगरपालिकामा सेना परिचालन गरि सुरक्षाको दायरा बढाएको छ । कोरोना सन्क्रमित बड्दै गएपछी लकडाउन का साथै नेपालगन्ज लाई निषेधाज्ञा घोषणा गरिएको हो ।
तर निषेधाज्ञा लागू गराउन खोज्दा स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेपछि स्थिती नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो । निषेधाज्ञाका बीच प्रहरीले बिहान ११ बजेसम्म अत्यावश्यक सामाग्री किन्नका लागि बजार खुला गरेको थियो ।
त्रिवेणी मोडमा अत्यावश्यक सामाग्री किन्नेको भीड बढेपछि प्रहरीले हटाउन खोज्दा विवाद उत्पन्न भएको थियो । विवाद गरेको भन्दै प्रहरीले त्रिवेणी चोकका एक युवालाई त्यहाँबाट पक्राउ गरेको र त्यसको विरोधमा निषेधाज्ञाबारे माइकिङ गर्दै हिँडेको प्रहरीको गाडीमा स्थानीयले ढुंगामुडा गरेपछि प्रहरी र व्यापारीबीच विवाद हुँदा झडप भएको थियो झडपमा परि केही स्थानीय व्यापारी र प्रहरी समेत घाइते भएका छन् ।
Discussion about this post