बाँके बैशाख २३ गते ।
नेपालगन्जको कोरोना प्रभावित क्षेत्रबाट आज ५६ जनाको स्वाव संकलन भएको छ । विश्व स्वास्थ्य संगठनसहितको स्वास्थ्यकर्मीले नेपालगन्जका भैरवटोल, रानीतलाउ सब्जीमण्डी, नाउ टोल, पन्डल मोहला र टाँगा स्टेशनबाट ५६ जनाको स्वाव संकलन गरेको हो ।
नेपालगन्जको एउटै वस्तिमा २३ जनामा कोरोना देखिएपछि विश्व स्वास्थ्य संगठनको टोली नेपालगन्ज आइपुगेको हो । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार विभिन्न पाँच स्थानबाट थ्रोट स्वाव संकलन गरिएको छ । २३ जना कोरोना संक्रमितको सम्पर्क भएका व्यक्तिहरुको स्वाव संकलन गरिएको हो ।
Discussion about this post