बाँके बैशाख २५ गते ।
नेपालगन्जको एकै वस्तिका २३ जनामा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक्ट टे«सिङ र स्वाब संकलनमा जुटेको स्वास्थ्यकर्मीको टोलीले आजपनि विहानैदेखि स्वाब संकलन गरिरहेको छ ।
संक्रमितहरुको कन्ट्रयाक्ट टे«सिङका आधारमा स्वाब संकलन भइरहेको हो । आज करिव ४२ जनाको स्वाब संकलनको तयारी भइरहेको छ । आज विहान १७ जनाको स्वाब संकलन भइसकेको छ ।
उक्त स्वाब खजुरा गाउँपालिका ७ सोनपुरबाट संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले नेपालगन्जको वीपीचोक क्षेत्रबाट २५ जनाको स्वाब संकलन गरिदैछ ।
हिंजो १३६ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित व्यक्तिहरुको कन्ट्रयाक्ट टे«सिङको काम लगभग पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
रेडजोनबाटै संकलन गरिएको ५४ जनाको रिपोर्ट भने नेगेटिभ आएका कारण केही राहत नेपालगन्जबासीले गरेका छन् ।
Discussion about this post