कपिलवस्तु बैशाख २५ गते ।
प्रदेश पाँचमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलबस्तु ८ का १६ र २२ वर्षका युवामा कोरोनाको संक्रमण देखिएको हो ।
योसँगै संक्रमितको संख्या नेपालमा १०१ पुगेको छ भने प्रदेश पाँचमा २६ पुगेको छ । यसअघि रुपन्देहीमा एक र नेपालगन्जमा २३ जनामा कोरोना पुष्टि भइसकेको छ ।
नेपालगन्जमा भेटिएका संक्रमितहरुको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ भने रुपन्देही र कपिलवस्तुमा भेटिएका संक्रमितको बुटवलको कोरोना अस्पतालमा उपचार भइरहेको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
Discussion about this post