विराटनगर बैशाख २६ गते l
शुक्रबार बिराटनगरबाट थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। आज विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट उनीहरुलाई डिस्चार्ज गरिएको हो।
८ जना मध्ये ७ जना उदयपुरका र १ जना भारतीय हुन। कोरोना मुक्त ७ पुरुषलाई विराटनगरकै रानी मर्कट मदरसामा राख्ने तयारी गरिएको छ भने एक महिलालाई उदयपुरनै पठाउने तयारी गरिएको छ।
यस अघि ६ जना भारतीय कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए।
Discussion about this post