जावेद अन्सारी बाँके असार ६ गते । नेपाल-भारत सिमा क्षेत्रमा हुने गरेको लागु औषधको कारोबार पूर्ण रूपले बन्द गराउने उद्देश्यकासाथ रूपैडिहास्थित भारतीय प्रहरी र एसएसबी फोर्सको सक्रियता ५० ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
शुक्रबार राती १२.४० बजे सूचनाको आधारमा रोडवेज बस अड्डामा खान तलासी गर्दा दुई युवक साइबे आलम र इस्लामको खानतलासी गर्ने क्रममा ५० ग्राम ब्राउनसुगर बरामद गरेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा ५० ग्राम स्मेकको मूल्य भारतीय रू. ५० लाख भएको रूपैडिहास्थित प्रहरीले बताएको छ ।
Discussion about this post