बाँके बैशाख २८ गते ।
नेपालगन्ज भित्रका बिपन्न सुनचाँदी पसलमा काम गर्ने कालिगडका परिवारलाई सुनचाँदी व्यापार संघले आइतबार राहत खाद्यान्न सामग्री वितरण गरेको छ ।
बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना ले बिगत डेढ महिनादेखी देशामा संकट पैदा गरेको छ जसको कारण व्यापार व्यवसाय सबै ठप्प पारेको छ जसको प्रत्यक्ष असर कामगरी खाने मजदुर लगायत व्यापार, व्यवसाय गरि खानेको लागि पनि परेको छ ।
अलिअली हुने ले त आफुले बचत गरेको बाट जिवन गुजारा गर्दै आएका छ्न तर नहुनेको लागि राहतको आवस्यक परेको बताउँछन सुनचाँदी संघका अध्यक्ष सलाउदिन जसगढ ।
उनले यो संकटको अवस्थामा थोरै भएनी राहत मिलोस भनेर आज नेपालगन्ज भित्रका बिपन्न सबै कालिगडलाई सामाजिक दुरि कायम गर्दै मनको दुरिलाई नजिक बनाएर सबैको मर्का बुझेर राहत बितरण गरेको बताएका छन् ।
उनले कालिगडले कतै बाट राहत नपाएको र आफुहरुले राहत बितरण गर्दा खुशी व्यक्त गरेको बताएका छन् ।
Discussion about this post