सप्तरी बैशाख २९ गते ।
सप्तरीमा आज थप एकजनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १२१ पुगेको छ । कोरोना भाइरस संक्रमण देखिएका सप्तरीका युवक लकडाउनको बेला चितवनबाट पैदल हिँडेर पुगेको पाइएको छ ।
डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर ९ वैशाखमा सप्तरी पुगेका थिए ।
त्यसपछि उनीहरुलाई कान्तचन्द्र माविको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष प्रदीप साहले बताए ।उनकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको २५ वैशाखमा स्वाब संकलन गरिएको थियो ।
Discussion about this post