बाँके बैशाख २९ गते ।
थप किट आएसँगै बाँकेमा स्वाब संकलनलाई तीब्र पारिएको छ । आज मात्रै नेपालगन्जको जयसपुरबाट ८२ जना र खजुरा प्राथमिक स्वास्थ्य केन्द्रबाट १४ जनाको स्वाब संकलन भएको छ ।
योसँगै अहिलेसम्म ९६ जनाको स्वाब संकलन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । खजुरामा अझै एकदुई जना थपिन सक्ने उहाँको भनाइ छ ।
काठमान्डौं पठाइएको १६२ स्वाबको परीक्षण रिपोर्ट आउन बाँकी छ । तर पछिल्लो पटक संकलित ७५ स्वाबको भरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा ६१ जनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाइरस नभएको आएको छ ।
चारजनाको आउन बाँकी छ । त्यस्तै कोहलपुरबाट संकलित ३४ जनाको रिपोर्ट पनि आउन बाँकी रहेको छ ।
Discussion about this post