बाँके बैशाख २९ गते ।
नेपालगन्ज उपमहानगरपालिका–७ निवासी ६० बर्षिय पुरुषमा दोस्रो पटक गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ भेटिएको छ । पहिलो परीक्षणमा संक्रमण पुुष्टि भएपछि उनलाई सात दिन पछि गरिएको पुनः परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो ।
उनीसहित संक्रमित २३ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको उपचारमा संलग्न फिजिसियन डाक्टर पारश खड्काले जानकारी दिनुभयो । २३ जनाको संक्रमितको अव १४ दिन पछि पुनः पिसिआर परीक्षण गरिने मेसु थापाको भनाइ छ ।
यसअघि संक्रमित पुष्टि भएको पहिलो साता संक्रमितको पुनः स्वाब लिएर पिसिआर परीक्षण गर्ने गरिएको थियो । त्यसैअनुसार नेपालगन्जका पहिलो संक्रमितको पुनः स्वाब परीक्षण गरिएको हो । नेपालगन्जमा ७ बर्षिया बालिकादेखि ६० बर्षिय ज्येष्ठ नागरिकसम्म कोरोना देखिएको छ ।
Discussion about this post