काठमाडौ बैशाख २९ गते ।
अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई क्रिकेटमा ६ वर्षको प्रतिबन्ध लागेको छ । अफगानिस्तान क्रिकेट बोर्डले भ्रष्ट्राचारसम्बन्धिको नियम तोडेको भन्दै शफिकलाई सबै खाले क्रिकेटमा ६ वर्षको प्रतिबन्ध गरेको हो ।
शफिकलाई अफगानिस्तान प्रिमियर लिग र बंगलादेश प्रिमियर लिगमा म्याच फिक्सिङ गरेको आरोप लगाईएको छ । उनलाई सन् २०१८ मा नंगाहर लियोपार्ट्सबाट अफगानिस्तानको लिग र सन् २०१९ मा सिलेट थन्डरबाट बंगलादेशको लिग खेल्दा भ्रष्ट्राचारसम्बन्धिको नियम तोडेको आरोप लागेको छ ।
३० वर्षे ब्याट्सम्यानले अफगानिस्तानका लागि २४ एकदिवसीय र ४६ ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलेका छन् । यस्तै अफगानिस्तानको बोर्डले अन्य खेलाडीलाई पनि प्रतिबन्धको चेतावनी दिएको छ ।
Discussion about this post