बाँके बैशाख २९ गते ।
कोरोना भाइरस कोभिड १९ को कारण देश बिगत डेढ महिना देखि पुर्ण रुपमा लकडाउन भएको छ। जसको कारण बिपन्न परिवार लगायत धेरै को जनजीवन अस्तव्यस्त बन्दै गएको । बिपन्न परिवारलाई निरन्तर सहयोग गर्दै आएको मुस्लिम समाज बाँके भने निरन्तर अभियानमा लागिरहेको छ ।
सोमबार नेपालगंज मुस्लिम समाजका समाजसेवी अगुवा मुन्नामंसुरी मेराज अहमद सहयोगमा र मुस्लिम आयोग बांके अनुगमन समिति सदस्य मेराज अहमद हिमालय रोहबरमा आईसोलेशनमा उपचारार्थ बिरामिको लागि फलफुल, बिस्कुट ,चिनी चायपत्ती दुधपउडर ,कागती, चाकलेट दालमोट ,लगायत समान शुशिल कोइराला कैंसर हास्पिटल आईसोलेशनका स्टापद्वारा हस्तान्तरण गरिएकोछ ।
लकडाउनको मारले अस्पतालमा भएका बिरामिलाई समस्या नहोस भनेर थोरै भए पनि राहत मिलोस भनेर फलफुल लगायतका सामग्री हस्तान्तरण गरिएको समाजका अगुवा मन्सुरीले बताए ।
Discussion about this post