बाँके बैशाख ३० गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नंम्बर ६ फत्तेपुरले वडाका स्थानीयलाई घरघरमै पुगेर दोस्रो चौमासिक सामजिक सुरक्षा भत्ता सोमवारदेखि वितरण कार्य सुरु गरेको छ । कोरोना भाईरस संक्रमण रोकथामका लागि जारी लकडाउनले गर्दा भत्ता नपाउने चिन्तामा रहेका जेष्ठनागरिक, एकल महिला, अपाङ्गता,दलित,बालबालिकाहरुलाई वडा कार्यालयले घरघरमै पुगेर भत्ता वितरण गरिएको वडा अध्यक्ष जनक बहादुर थारुले बताएका छन् ।
उनका अनुसार जनप्रतिनिधि कर्मचारी र वडासचिवलाई परिचालन गरी सामाजिक सुरक्षा वितरणको व्यवस्था मिलाइएको छ । ६ वडा भित्रका स्थानीयको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउदै वडा अध्क्षय थारुले हालको अबस्थामा बैंकबाट भत्तादिँदा भिडभाड हुने, लकडाउनको उल्लंघन भएको देखिने भएकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको उनले बताएका छन् ।
(कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देश डेढ महिना यता लकडाउनमा छ । कतिपय जेष्ठनागरिकहरु सामाजिक सुरक्षाभत्ताबाटै नुन तेल गर्ने, लुगाफाटो किन्ने अबस्थाका छन् ।यसरी घर घर मै गएर भत्ता वितरण गर्दा अहिलेको लकडाउनमय अवस्थामा उनिहरुको समस्या टर्ने भएकोले घर घर मै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउछन् अध्यक्ष जनक बहादुर थारु।
Discussion about this post