बाँकै बैशाख ३० गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं। ७ मा कृषकलाई ५० प्रतिशत अनुदानमा धमाधम धानको बीउ वितरण गरिरहेको छ । ७ वडा नम्बरमा कृषकहरुलाई कृषि तर्फको बिउ विजन कार्यक्रम अन्तर्गत सोमवार धानको बिउ वितरण गरिएको वडा अध्क्षय रामलखन थारुले बताएका छन् ।
विषम परिस्थितमा पनि कृषकलाई धानको बीउ वितरण गर्न पाउँदा खुसी लागेको जनाउँदै उनले भने,‘ लकडाउनले गर्दा कृषक घर बाहिर निस्कन नपाइरहेको अवस्थामा उनीहरुलाई वितरण गरिएको धानको बीउले पक्कै पनि यस वडामा चामल आयात गर्नु पर्ने समस्या केही हदसम्म निर्मूल हुनेछ ।’
लकडाउनका बेला पनि वडाकार्यालयले धानको बीउ वितरण गरेकोमा यहाँका किसान उत्साहित भएका छन । वडा कार्यालयलको अनुदान र सिद्धेश्वर कृषक सहकारी संस्थाको समन्वयमा कृषकलाई २०० क्वीनटल धानको बिउ वितरण भइरहेको छ । वडा अध्यक्ष थारुले जनाकारी दिएका छन् ।
Discussion about this post