सरला सुवेदी
बाँके बैशाख ३० गते ।
दुई दिन अघि कोहलपुर नगरपालिका बाट कोरोना परिक्षणको लागि संकलन गरि पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो समय कोरोना संक्रमण बड्दै गए पछि कोहलपुरमा नि स्वाब संकलन गरेर पठाइएको थियो ।
कोहलपुर नगरपालिका वडा नम्बर ४ को मदरसा हिमालय गरिव नवाज प्राथमिक विद्यालयमा गरिएका ३० जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।
कोहलपुर नगरपालिकाका वडा नम्बर ४ र ९ मा भारतबाट आएका व्यक्तिहरु बसेको हुन सक्ने आशंकामा उक्त ठाउको विभिन्न ठाउँबाट स्वाब संकलन गरिएको थियो।कोहलपुर नगरपालिका भित्र जिल्ला जनस्वास्थ्य कार्यलय, कोहलपुर नगर स्वास्थ शाखा र बिश्व स्वास्थ संगठन को सयुक्त टोलिले स्वाब संकलन गरेको थियो ।
स्वाब संकलन गरिएसङ्गै कोहलपुरमा पनि रिपोर्ट के कस्तो आउने हो भनेर छुट्टै डर पैदा भएको थियो भने रिपोर्ट नेगेटिभ आए सङ्गै डर केही कम भएको छ।
Discussion about this post