काठमाडौ बैशाख ३० गते।
विश्व नर्स दिवसकै दिन नेपालमा पहिलोपटक एक जना नर्समा कोरोना संक्रमण भएको पुष्टि भएको छ । मंगलबार विभिन्न प्रदेशमा गरि थपिएका ५७ संक्रमितमध्ये एक जना नर्स भएको प्रदेश ५ प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले जानकारी दिए ।
कपिलवस्तुमा मंगलवार संक्रमण पुष्टि भएको थियो । संक्रमित जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्स हुन् । अहिलेसम्म १ सय ९१ जनामा संक्रमण देखिएकामा चार जना पत्रकार र एक जना नर्स पनि रहेका छन । पत्रकार र नर्समा मंगलबार संक्रमण पुष्टि भएको हो ।
Discussion about this post