बाँके बैशाख ३० गते ।
बाँकेमा पछिल्लो पटक संकलन गरीएको स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । भेरी अस्पताल नेपालगन्जमा पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । सोमवार नेपालगन्जको जयसपुर र खजुराबाट संकलित स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पसर्न नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार जयसपुरबाट ८२ र खजुराबाट १४ गरी ९६ स्वाब संकलन भएको थियो । आज थप पाँचजनाको स्वाब संकलन गरिएको छ । काठमान्डौंमा पठाइएको १६२ स्वाबको परीक्षण रिपोर्ट भने अझैसम्म आएको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेमा दुई हजार किट पठाएपछि नेपालगन्जसहित आसपासमा थ्रोट स्वाब संकलनलाई तीब्र पारिएको हो ।
अहिलेसम्म नेपालगन्ज उपमहानगरपालिका ७ र ८ का २४ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सबैको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
Discussion about this post