बाजुरा बैशाख ३१ गते ।
देशभर कोरोना भाइरसको जोखिम बढिरहेका बेला बाजुरामा भने कालाजार देखापरेपछि गाउँमा थप चिन्ता थपिएको छ । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं ५ गोत्रीका एक बालकलाई कालाजार देखिएको हो ।
पूर्वी–उत्तरी क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याइएका जगन्नाथ गाउँपालिका गोत्रीका १७ महिने बालक देवीन्द्र बुढालाई कालाजार भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा राजुराज जैशीले जानकारी दिएका छन् ।
करिब एक महिनादेखि लगातार ज्वरो आएपछि आफन्तले उपचारका लागि मङ्गलबार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याएका थिए । बिरामी बालकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा स्वास्थ्य परीक्षण गर्दा कालाजार भएको पुष्टि भएपछि थप उपचारका लागि धनगढी सिफारिस गरिएको जैशीको भनाइ छ ।
बालकको अवस्था चिन्ताजनक भएकाले आइसीयूमा राखेर उपचार गर्नुपर्ने हुँदा बालकलाई धनगढी सिफारिस गरिएको हो । कोल्टी क्षेत्रमा कालाजारका अन्य पनि बिरामी हुनसक्ने सम्भावना भएकाले समयमै यो रोग निय न्त्र णका लागि गाउँगाउँमा क्याम्प राखेर उपचार गर्न आवश्यक रहेको विज्ञले बताएका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post