कपिलबस्त बैशाख ३१ गते ।
कपिलबस्तुमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलबस्तु नगरपालिका ५ का २२ बर्षिय युवामा कोरोना पुष्टि भएको हो । योसँगै आजमात्र कोरोनाका दुईजना नयाँ संक्रमित थपिएका छन् । दुवैजना प्रदेश पाँचका संक्रमित हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज भेटिएका दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । हिंजो एकैदिन ८३ जना संक्रमित थपिएका थिए ।










Discussion about this post