पाल्पा बैशाख ३१ गते ।
पाल्पामा जनमोर्चाका ८ जना नेता पक्राउ परेका छन् । निषेधित क्षेत्रमा बिरोध कार्यक्रम गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाल्पाले उनीहरुलाई पक्राउ गरेको छ । बुधवार जिल्ला प्रशासन कार्यालय अगाडि निषेधित क्षेत्रमा भारतीय सीमा हस्तक्षेपका विरुद्ध विरोध गरेको अभियोगमा प्रहरीले दिउँसो २ बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लिपुलेक, लिम्पियाधुरा र कालापनी क्षेत्रमा भारतीय पक्षबाट नेपालको भूमि मिची सडक बनाएको विरोधमा नेपाल सरकारको ध्यानाकर्षण गराउन शान्तिपूर्वक रुपमा विरोधमा उत्रिएका बेला प्रहरीले गिरफ्तार गरेको राष्ट्रिय जनर्मोचाका जिल्ला अध्यक्ष विशाल दर्लामीले बताए ।
पक्राउ पर्नेहरुमा राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रिय सदस्य सोम कुमार कार्की, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, जिल्ला कोषाध्यक्ष टिकाराम पौडेल, जिल्ला सदस्य नर्मती सिंजाली,अखिल नेपाल युवक संंघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरे, अखिल छैटोका केन्द्रिय सदस्य सुदिप पौडेल, जिल्ला सदस्य विष्णु नेपाली र अखिल छैठौका जिल्ला सदस्य सुमन पौडेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दिपेन्द्र जिसीले निषेधित क्षेत्रमा विरोध कार्यक्रम गरेकोले उनीहरुलाई पक्राउ गरिएको बताए ।
Discussion about this post