अजय पाठक
बाँके साउन ३० गते । हरेक वर्ष झै यो बर्ष पनि जनैपूणिर्मा अर्थात रक्षाबन्धनलाई नेपाल र छिमेकि देश भारतमा भब्य र सभ्य रूपमा मनाइरहेका छन ।
जनै पुर्णिमाको दिन तागाधारीहरुले पूरानो जनै झिकी गुरुपुरोहितद्वारा मन्त्र पढी शुद्ध पारिएको जनै फेर्ने गर्दछन् । यस्तै यसै दिन रक्षा बन्धन नामक धागो हातमा बाँध्ने चलन छ ।
यस दिन बाँधिएको पुरनो धागोलाई तिहारको लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ ।
यस दिन ज्वाईंहरुले आफ्ना ससुराबाट नयाँ जनै फेर्नेसमेत गर्दछन् ।
सप्तऋषिलाई तर्पण दिने भएकाले यो दिनलाई ‘ऋषि तर्पणी’ पूर्णिमा पनि भन्ने गरिन्छ ।
तराईका मधेसी समुदायमा भने आजको दिन दिदी बहिनीले आफ्ना दाजुभाइहरुका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक ‘राखी’ बाँधिदिने चलन छ ।
नेवार समुदायमा सँग सँगै ब्राह्मण/क्षेत्रि समुदायमा आजको दिन विभिन्न गेडागुडीहरूको परिकार ‘क्वाँटी’ खाने चलन छ ।
Discussion about this post