विष्णु प्रसाद अधिकारी
बर्दिया जेठ १ गते ।
बर्दियाको राजापुर नगरपालिका –५, बदालपुर कि ११ वर्षिय कोरोना संक्रमित बालिकाको सम्र्पकमा आएका ३९ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिनमा बालिकासँग सम्र्पक आएका र कैलालीबाट आउने क्रममा सम्र्पक भएका ३९ जनाको स्वाब रिपोर्ट नेगिेटभ आएपछि राजापुर वासी थोरै भएपनि ढुक्क भएका छन् ।
बालिकाको सम्पर्कमा आएका रिक्सा चालक, एम्बुलेन्स चालक र राजापुरको किसान माबि बदालपुरमा क्वारेन्टिनमा बसेकाको ३९ जनाको रिपार्ट नेगेटिभ आएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । कैलालीबाट आउने क्रममा सक्रमण भएकाको रिपार्ट पोजेटीभ आएको तर बालिकाको सम्र्पकमा गाउँका कोहि पनि नआएकोले आत्तिहाल्नु पर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताएका छन् ।
कैलालीबाट आएपछि बालिकालाई सिधै क्वारेन्टाइनमा राखिएका कारणले गाँउवासी डराउनुपर्नै अवस्था नभएपनि शर्तक हुनुपर्ने लामिछानेले वताएका छन् । संक्रमित बालिका चैत ३ गते देखि बैशाख १६ गते सम्म कैलालीको मजगाउँ र भजनीमा बसेकि थिइन ।
कैलालीले पनि भजनी र मजगाउँका १ सय ८९ थ्रोट स्वाब संकलन गरेपनि रिपार्ट आउँन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख ललित धामीले वताएका छन् । बर्दियामा अहिले सम्म ३ हजार ३ सय ३५ आरडिटी र ५ सय ८४ स्वाब संकलन नमूना पठाईएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत गोकर्ण गिरिले जानकारी गराएका छन् ।
Discussion about this post