सरला सुवेदी
बाँके जेठ १ गते ।
कोहलपुर नगरपालिकामा उडान नेपालले आज रक्तदान कार्यक्रम गरेको छ । लक डाउनका कारण रगत अभाब भएको भन्दै उडान नेपालले नेपाल रेडक्रस सोसाईटिको सहकार्यमा संयुक्त रक्त संचार केन्द्र कोहलपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्त संचार केन्द्रमा रगतको अभाब रहेकोले रक्तदान कार्यक्रमको आयोजना गरीएको उडान नेपालकाी अध्यक्ष अज्जु न्यौपानेले जानकारी गराइन। बिहान ८ बजेदेखी सुरु भएको रक्तदानमा ७२ पिन्ट रगत संकलन भएको छ यस्तै उडान नेपालले उडानले लकडाउनको समयमा मात्र नभैइ अन्य समयमा पनि सामाजिक कार्य गर्दै आएको र लकडाउनको बेला कुनै पनि किसिमको बिरामीले रगतको अभावमा ज्यान गुमाउन नपरोस भन्दै रक्त दान कार्यक्रम आयोजना गरेको बताईन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post