बाँके जेठ २ गते ।
बाँकेमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्वर १, ३ र ५ मा नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १८, २०, २२, २५, २७, ३२ र ३६ बर्षको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुको भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै बाँकेमा संक्रमितको संख्या ३३ पुगेको छ । मकवानपुरमा पनि आज एकजना नयाँ संक्रमित थपिएका छन् ।
मकवानपुरका ३७ बर्षिय पुरुषमा कोरोना देखिएसँगै नेपालमा संक्रमितको संख्या २५८ पुगेको छ ।
Discussion about this post