बाँके जेठ २ गते ।
भारतबाट नेपालगन्ज ल्याइएका तीनजनामा आरडीटी पोजेटिभ देखिएको छ । बाँके प्रशासनले नेपाल–भारत सीमाबाट उद्दार गरि ल्याइएका ४ सय ६६ जनामा गरीएको परीक्षणमा तीनजनामा आरडीटी पोजेटिभ देखिएको हो ।
नेपाल–भारत जमुनाह नाकाबाट बिहीबार अबेर राती उद्दार गरि ल्याइएका कालिकोट, नुवाकोट र सुर्खेतका तीनजनामा आरडिटी परीक्षण पोजेटिभ देखिएको छ ।
उद्दार गरि ल्याइएका ती तीनजान पुरुषको आरडिटी पोजेटिभ देखिएपछि उनीहरुको पीसिआर परीक्षण गरिन लागिएको भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो । यसैबीच आज विहान बाँकेको नरैनाुरमा फेला परेका संक्रमितलाई दाङको बेलझुण्डी लगिने भएको छ ।
Discussion about this post